फुटबलर क्रिस्टियानो रोनाल्डोले खोले युट्युब च्यानल

एजेन्सी । विश्वप्रसिद्ध फुटबलर क्रिस्टियानो रोनाल्डोले आफ्नो युट्युब च्यानल खोलेका छन् । 

रोनाल्डोले बुधबार आफ्नो नयाँ युट्युब च्यानल युआर क्रिस्टियानो सार्वजनिक गर्दै युट्युबमा आएका हुन् । उनले आफ्नो उक्त युट्युब च्यानलमार्फत आफ्नोबारे थप जानकारी हासिल गर्न सकिने बताएका छन् । 

युट्युब च्यानल खोलेको एक दिनमै उनको करिब १२ मिलियनले सब्सक्राइब गरेका छन् । यसअघि युट्युबले उनलाई च्यानल खोल्न प्रतिबन्ध लगाइएको भन्ने चर्चा चलेको थियो ।  उनले बनाएको च्यानल आधिकारिक भएको दाबी गरेका छन् । आफूले युट्युब च्यानल खोलेकोबारे उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् । 

उनले खोलेको एक घण्टामै एक मिलियन बढी सब्स्क्राइबर बटुलेको थिए । उक्त च्यानलमा हालसम्म उनले १८ वटा मात्रै भिडिओ हालेका छन् ।   

प्रतिक्रिया