भारतको आन्ध्र प्रदेशको एक उद्योगमा भएको विस्फोटमा १६ जनाको मृत्यु

एजेन्सी । भारतको आन्ध्र प्रदेशस्थित अनकापल्ले जिल्लाको विशेष आर्थिक क्षेत्रस्थित एक उद्योगमा भएको विस्फोटमा १६ जनाको मृत्यु भएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार एसईजेड क्षेत्रमा रहेको एसेन्सिया एडभान्स साइन्स उद्योगमा बुधबार रिएक्टर विस्फोट हुँदा भवनको एक भाग ध्वस्त भएको हो । रिएक्टर विस्फोट हुँदा ४० जना घाइते भएका छन् । 

दुर्घटनाको अवस्था हेर्दा मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको भारतीय प्रहरीले जनाएको छ ।  विस्फोट हुँदा उद्योगमा ३ सय ८१ जना कर्मचारी कार्यरत थिए । खाना र विश्रामको समय विस्फोट भएको हुँदा ठूलो मानवीय क्षति हुनबाट जोगिएको समाचारमा उल्लेख छ । 

प्रतिक्रिया