सञ्चार मन्त्रालयद्वारा टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । 

बुधबार मन्त्री पृथ्वीसुब्बा गुरुङले टिकटकमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेका हुन् । मन्त्रीस्तरमा भएको सो निर्णयलाई अब बिहीबार नियमित बस्ने क्याबिनेट बैठकमा पेस गर्ने सञ्चार मन्त्रालयको तयारी छ ।

मन्त्रिपरिषदले निर्णय गरेमा सम्बन्धीत निकायले इन्टरनेट प्रदायक कम्पनीहरूलाइ टिकटक पनि खुल्ने बनाउन पत्राचार गरेपछि सहज रुपमा टिकटक चल्ने बताइएको छ । गत असोज २७ गते नेपाली समाजको सामाजिक सद्भाव बिगारेको भन्दै पुस्पकमल दाहाल नेतृत्वको सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । 

प्रतिक्रिया