आज राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक बिहीबार दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ प्रस्तुत गर्ने कार्यसूची छ । 

यस्तै, मन्त्री चौरसियाले ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि सदनमा दफावार छलफल गरी पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

प्रतिक्रिया