भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पोल्यान्डमा

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पोल्यान्ड पुगेका छन् । रुस–युक्रेन युद्धको ‘शान्तिपूर्ण समाधान’ का लागि अभियान सुरु गर्न यसै साताको अन्त्यमा युक्रेनको भ्रमण गर्नुअघि उनी पोल्यान्ड पुगेका हुन् ।

मोदीले पोल्यान्ड प्रस्थान गर्नुअघि बुधबार प्रकाशित विज्ञप्तिमा मोदीले यस क्षेत्रमा चाँडै शान्ति र स्थिरता फर्किने आशा व्यक्त गरेका थिए । किएभमा प्रधानमन्त्री मोदीले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग छलफल गर्ने र ‘युक्रेनमा जारी द्वन्द्वको शान्तिपूर्ण समाधानका विषयमा आफ्नो दृष्टिकोण राख्नुहुने बताइएको छ । 

पोल्यान्ड युक्रेनको कट्टर सहयोगी तथा छिमेकी देश हो र किएभ जाने विदेशी नेताहरूका लागि पोल्यान्ड महत्त्वपूर्ण ‘ट्रान्जिट’ पनि हो । युक्रेनका राष्ट्रपति जेलेन्स्कले मोदीको भ्रमणका क्रममा ‘धेरै दस्तावेजमा हस्ताक्षर हुने अपेक्षा गरिएको’ बताएका छन् ।  भारतीय प्रधानमन्त्री मोदीको यो पहिलो युक्रेन भ्रमण हो ।


 

प्रतिक्रिया