चीनको कोइला खानी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो
एजेन्सी । चीनको दक्षिणपश्चिम सिचुआन प्रान्तमा बुधबार एउटा कोइला खानी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या आठ पुगेको स्थानीय आपत्कालीन व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
बुधबार बिहान करिब १० बजे सिचुआनको लेसान सहरको वुटोङकियाओ जिल्लामा रहेको कोइला खानीमा एयर शाफ्ट सिल गर्ने क्रममा आठ जना कामदार फसेका थिए ।
दिउँसो २ बजेसम्म बुधबार सात जनाको मृत्यु भएको पुष्टि भएको थियो । साँझ ७ बजेसम्म बुधबार थप एकको मृत्यु भएको वुटोङकियाओ जिल्लाको आपत्कालीन व्यवस्थापन ब्युरोले जनाएको छ ।
दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया