अड्किएका फाइल २४ घण्टाभित्र छिनोफानो गर्न पर्यटनमन्त्री पाण्डेको निर्देशन

काठमाडौ‌  । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालय मातहतका निकायले आफ्ना काम चुस्त र परिणाममुखी बनाउन निर्देशन दिएका छन् ।  

बुधबार मन्त्रालयको संस्कृति महाशाखाअन्तर्गतका निकायका पदाधिकारीसँग ‘समस्या, चुनौती र समाधानका उपाय’ विषयक छलफल कार्यक्रममा मन्त्री पाण्डेले असोज महिनाभित्र प्रत्येक निकायले कार्य प्रगति विवरण पेस गर्न कर्मचारीलाई निर्देशन दिए ।  
 मन्त्री पाण्डेले कामको प्राथमिकता निर्धारण तथा नीतिगत सुधारका लागि चुस्त शैलीमा काम गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । “गर्नुपर्ने कामको प्राथमिकीकरण, नीतिको सूचीकरण, काुनन निर्माणको प्राथमिकताका साथै संरचनागत रूपमा कहाँ—कहाँ त्रुटि छ ? त्यसबारेमा संवेदशील भएर अघि बढ्नुपर्छ”, उनको भनाइ थियो ।
 

प्रतिक्रिया