जलविद्युतमार्फत आर्थिक समृद्धि हासिल गर्न आन्तरिक खपत बढाउनुपर्छः अर्थमन्त्री पौडेल

काठमाडौं ।  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले जलविद्युतमार्फत आर्थिक समृद्धि हासिल गर्न आन्तरिक खपत बढाउनुपर्नेमा जोड दिएका छन् । 

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र उपाय नामक संस्थाको संयुक्त आयोजनामा आज यहाँ भएको ‘अनलकिङ इन्भेष्टमेन्ट’ कार्यक्रममा उनले ऊर्जा क्षेत्रमा निजी लगानीलाई प्रोत्साहन गर्ने योजना आवश्यक रहेकोसमेत बताए ।  

अर्थमन्त्री पौडेलले सरकारले जलविद्युत क्षेत्रमा उच्च प्राथमिकतामा राखेर काम गरिरहेको र यस क्षेत्रको विकासका लागि विदेशी लगानी ल्याउन सरकारले वातावरण बनाउने प्रतिबद्धता जनाए । 

ऊर्जा उत्पादनमा आफ्नो सम्पूर्ण समय र लगानी लगाएका ऊर्जा उद्यमीले समस्या छन् भनेर थाक्न नपाइने भन्दै उनले दाहाल देखिएका समस्या बृहत छलफलमार्फत समाधान गर्न सकिने धारणा राखे । 

नेपालको ऊर्जा क्षेत्रमा थप प्रगति हासिल गर्न र हिउँदमा पनि अन्यत्रबाट विद्युत् आयात गर्न नपर्ने ठाउँमा नेपाललाई पुर्‍याउन सबैले मिलेर काम पर्नेमा उनको जोड थियो । 
 

प्रतिक्रिया