प्रधानमन्त्रीसँगको प्रश्नोत्तरलाई मर्यादित र व्यवस्थित बनाउन सभामुखको ध्यानाकर्षण

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरलाई मर्यादित र व्यवस्थित बनाउनका दलका प्रमुख सचेतकहरुको ध्यानाकर्षण गराएका छन् ।

 सभामुख घिमिरेले बुधबार सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा प्रमुख सचेतकहरुसँग छलफल गर्दै प्रश्नोत्तरलाई मर्यादित र व्यवस्थित बनाउन ध्यानाकर्षण गराएका हुन् । 

त्यसैगरी, सभामुख घिमिरेले प्रतिनिधि सभा बैठक नबसेको दिन अनिवार्य रुपमा समितिको बैठक राखेर  विधेयकहरुमाथि छलफल गर्न पनि ध्यानाकर्षण गराएको नेताहरुले जानकारी दिए । 

आगामी संसद बैठकहरुलाई कसरी अगाडी बढाउने भन्ने बिषय भने भोलि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले टुंग्याउने नेताहरुले बताएका छन् । 

परियारले रास्वपाका सांसदहरुले दर्ता गराएका विभिन्न प्रश्तावहरु उपर आगामी बैठकहरुमा छलफल हुने पनि बताए ।
 

प्रतिक्रिया