एमसिसि नेपालद्वारा वार्षिक कार्यप्रगति विवरण सार्वजनिक

काठमाडौं । एमसिसि नेपालले आफ्नो काममा उल्लेख्य प्रगति भएको बताएको छ ।

बुधबार  काठमाडौंमा पत्रकार सम्मेलन गरी एक वर्षमा भएको प्रगति विवरण सार्वजनिक गरेको हो । परियोजनाले १० जिल्लामा ८५६ वटा प्रशारण टावरको जग निर्माणका लागि जग्गा प्राप्तिमा प्रगति भएको बताएको छ । जग्गा मुआब्जा वितरणको लागि ९ जिल्लामा मुआब्जा निर्धारण समिति गठन भएर काम थालेको बताएको छ ।

पत्रकार सम्मेलनमा एमसिए नेपालका प्रमुख कार्यकारी अधिकृत खड्गबहादुर बिष्टले लामो समयदेखि रोकिएका कामहरु सुचारु भएको बताए । जग्गा प्राप्तिको काम शुरु हुनु, विभिन्न जिल्लामा मुआब्जा वितरणको लागि समिति बन्नु र धादिङ, मकवानपुर र नवलपरासी पश्चिममा जग्गाको मुआब्जा निर्धारण हुनु उपलब्धि भएको बताए ।  यस्तै विभिन्न ९ जिल्लामा पहिलो चरणको रुख गणना गर्ने काम सम्पन्न भएको बताए  । प्रभावित ९ जिल्लामा करिव ४७ हजार रुख काटिने भएको पनि प्रमुख कार्यकारी अधिकृत बिष्टले बताए ।  

एमसिए नेपालले ३ वटा मुख्य सवस्टेशनको ठेक्का सम्झौता भएको बताएको छ । नयाँ बुटवल, नवलपरासी पश्चिम, रातमाटे नुवाकोट र नयाँ दमौली, तनहुँ खण्डको ठेक्का सम्झौता भइसकेको बताएको छ ।

त्यस्तै, दुई वर्षे जीविकोपार्जन पुनःस्थापना कार्यक्रममार्फत २७० जनालाई तालिम प्रदान गरिएको र प्रभावित क्षेत्रका जनतालाई बैंकिङ साक्षरता तालिम दिइएको बताएको छ । त्यस्तै, सडक मर्मतसम्भार आयोजनाअन्तर्गत सडक विभागलाई प्रयोगशाा स्तरोन्नति, सडक परीक्षण उपकरण र प्राविधिक तालिम लगायतका सहयोग प्रदान गरेको जनाएको छ । आवधिक मर्मतसम्भारका लागि दुई वटा सम्भावित सडक खण्डको पहिचान गरी स्वीकृत गरिएको बताएको छ ।

प्रतिक्रिया