पार्टीमा  प्रचण्डको विकल्प नभएको  गिरिराजमणी पोखरेलको दाबी

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणी पोखरेलले पार्टीमा पुष्पकमल दाहाल प्रचण्डको विकल्प नभएको बताएका छन् । 

एभिन्यूज खवरको कार्यक्रम विशेष सम्वादमा प्रस्तोता सुशील पाण्डेसँग कुराकानी गर्दै पोखरेलले घरेलु राजनीति,भू राजनीति र अन्तर्राष्ट्रिय परिवेशमा पार्टीमा प्रचण्ड जतिको नेता नभएको दाबी गरे । अर्का उपमहासचिव एवं माओवादी नेता जनार्दन शर्माले नेतृत्वको विकल्प  खोज्नु पर्ने बताइरहँदा पोखरेलले भने माओवादीमा दाहालको विकल्प नभएको दाबी गरेका हुन् । कुराकानीको बिस्तृत प्रसारण आज बुधवार राती ९ बजे एभिन्यूज खबरमा हेर्न सकिनेछ ।  
 

प्रतिक्रिया