ललितपुरमा आज न्यकू जात्रा मतयाः मनाइँदै
काठमाडौं । ललितपुरमा आज न्यकू जात्रा मतयाः मनाइँदैछ । जात्रामा ललितपुर नगरको चार दिशामा रहेको चार वटा थूरलाई आधार बनाई बौद्धिक धार्मिक ठाँउहरुको परिक्रमा गरिने परम्परा छ ।
यस पर्वमा विशेषतः परिवारजनको मृत्युबाट शोकमा परेकाको सहभागिता रहने गर्दछ । यात्रामा अजिव भेषभूषा एवम् शैलीमा हास्य ब्यङ्गात्मक प्रस्तुत हुने गर्दछ ।
टोलटोलबाट बाजागाजासहित समूहहरुको सहभागिता पनि हुने गर्दछ । यो यात्रा करिव १५ घन्टाको हुनेछ । नकबहिलबाट शुरु भएको मतयाः अन्र्तगत ललितपरका चार अशोक स्तूपसहित विभिन्न विहार, महाविहार, चैत्य र देवालयमा गई झण्डै २ हजार देवीदेवतालाई परिक्रमा गर्ने गरिन्छ ।
जात्रा अन्तर्गत बिहीबार बिहान बुंगमतीमा नवबाजा बजाइनेछ भने पर्सि नकबहिलमै भेला भइ स्वयम्भूमा नवबाजा बजाउन जाने गरिन्छ । शनिवार नकबहिलमै भेला भइ गणेशपूजा यात्रापछि पालो हस्तान्तरण हुनेछ । राजा बालार्चन देवले जेष्ठवर्ण महाविहार तंगबहाः स्थापना गरेको उपलक्ष्यमा ललितपुर नगरमा यो मतयाः अर्थात दीपयात्रा परम्परा थालेको बताइन्छ ।
राजा सिद्धिनरसिंह मल्लले देशमा छाएको माहामारी तथा हाहाकार अन्त्य गर्न राजगुरु बौद्ध बज्राचार्यसँग सल्लाह गरी १० वटा टोलले पालैपालो सञ्चालनको जिम्मेवारीसहित नवबाजा बजाएर नगर परिक्रमा गराएको किंवदन्ती छ ।
प्रतिक्रिया