निर्माण व्यवसायीहरुले पाउनुपर्ने भुक्तानी बाँकी रोक्दैनौंः मुख्यमन्त्री लामा

काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले वागमती प्रदेश सरकारले निर्माण व्यवसायीहरुले भुक्तानी पाएनौं भन्ने अवस्था बन्न नदिने प्रतिवद्धता जनाएका छन् ।

बुधबार काठमाडौंमा नेपाल निर्माण व्यवसायी महासंघले राखेको बधाई तथा शुभकामना कायक्रममा बोल्दै मुख्यमन्त्री लामाले यस्तो प्रतिवद्धता जनाएका हुन् । मुख्यमन्त्री लामाले  निर्माण व्यवसायीहरुले वागमती प्रदेश सरकारबाट निर्माण व्यवसायीहरुको भुक्तानी पाइएन भन्ने वातावरण नबनाउने गरी काम गर्ने बताए । लामाले निर्माण व्यवसायीहरुले वागमती प्रदेशमा निर्माण सम्पन्न गरेका आयोजनाको एक हप्ताभित्र सबै भुक्तानी दिने उल्लेख गरे।

 निर्माण व्यवसायीहरुलाई भुक्तानी नदिएर पूर्वाधार निर्माणको काम भएन भन्न नमिल्ने मुख्यमन्त्री लामाको भनाई छ । लामाले निर्माण व्यवसायीहरुको भुक्तानी दिएर काम अगाडि बढाउने पहिलो प्रथमिकतामा राख्ने निर्माण व्यवसायीहरुसँग प्रतिवद्धता जनाए। उनले निर्माण क्षेत्रमा सरकारका नीतिगत व्यवस्थाहरुमा अफ्ठ्याराहरु रहेको भन्दै त्यसलाई सुधार गर्दै लैजाने बताए ।  

सो अवसरमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले वागमती प्रदेश सरकारले निर्माण व्यवसायीलाई परेका अफ्ठ्यारो अवस्थालाई सहजिकरण गर्ने विश्वास रहेको बताए। निर्माण व्यवसायीहरुले वागमती प्रदेश सरकारले व्यवसायीमैत्री नीतिहरु बनाउँदै भुक्तानीको समस्या सहजीकरण गर्न माग गरेका थिए । 

प्रतिक्रिया