जिल्ला निर्वाचन कार्यालय खारेज गन निर्णय सच्याउन गगनको माग
नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णय सच्याउन माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद थापाले जिल्ला निर्वाचन कार्यालय खारेजले निर्वाचन आयोगको भूमिकालाई संकुचित र प्रभावित पार्ने जनाएका हुन । महामन्त्री थापाले सरकारले हुलमुलमा आयोग तथा कार्यालयहरु कटौती गर्दैगर्दा निर्वाचन आयोगको कार्यालय कटौतीतर्फ यथेष्ट ध्यान पु¥याउन नसकेको बताए ।
महामन्त्री थापाले सरकारले हुलमुलमा आयोग तथा कार्यालयहरु कटौती गर्दैगर्दा जिल्ला निर्वाचन कार्यालय कटौतीतर्फ यथेष्ठ ध्यान नदिएको बताए । उनले सरकारको उक्त निर्णय संविधानसंवत नभएको तर्क गर्दै जिल्ला प्रशासनले जिल्ला निर्वाचन कार्यालयको काम निष्पक्ष रुपमा गर्न नसक्ने उल्लेख गरे । सांसद थापाले खर्च कटौतीको नाममा गरिएको निर्णयले निर्वाचनको निश्पक्षतामाथि प्रश्न उठ्ने उल्लेख गरे ।
प्रतिक्रिया