सरकारले सय दिनमा गर्ने कामको योजना छिट्टै सार्वजनिक हुन्छः मुख्यसचिव गड्तौला
नेपाल सरकारले सय दिनमा गर्ने कामहरुको योजना सार्वजनिक गर्ने भएको छ ।
मुख्यसचिव लीलादेवी गड्तौलाले सरकारले सय दिनमा सम्पादन गर्ने कामहरुको योजना छिट्टै सार्वजनिक गर्ने तयारी गरेको जानकारी दिएकी हुन्। नेपाल उद्योग परिसंघले बुधवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै गडुतौलाले गत वर्ष भन्दा यस वर्ष सरकारले बजेटमा उल्लेखित कार्यक्रम कार्यान्वयनमा बढी सफलता हात पर्ने दाबी समेत गरिन् । गत वर्षभन्दा यस वर्ष बजेटमा उल्लेखित कार्यक्रमहरु कार्यान्वयन हुने र बजेट पनि खर्च हुने मुख्यसचिव गड्तौलाको दाबी थियो ।
उनले आफूले बजेटबारे धेरै बोल्न नमिल्ने तर्क समेत गरिन् । सम्बन्धित मन्त्रालयले बजेट कार्यान्वयन गर्ने भएकाले आफूले त्यसमा बढी बोल्न उपयुक्त नहुने मुख्य सचिव गडतौलाको स्पस्टीकरण थियो ।
मुख्यसचिव गडतौलाले आफ्नो जिम्मेवारी पूरा गर्न सचिवहरुलाई निर्देशन दिदैं जिम्मेवार निकायमा बस्नेहरुले बोल्ने भन्दा पनि काम गरेर परिणाम देखाउन केन्द्रित हुनुपर्नेमा जोड दिइन् ।
प्रतिक्रिया