नेपालमा स्टार्टअप संस्कृतिको विकास आवश्यक छ : उद्योगमन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा स्टार्टअप संस्कृतिको विकास आवश्यक रहेको बताएका छन् । 

बुधवार काठमाडौंमा स्टार्टअप नेशन, २०३० कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले  उद्योगहरुलाई विविधिकरण गर्न, परम्परागत उद्योगहरुलाई निर्भरता घटाउन र अत्याधुनिक प्रविधिको विकास र प्रयोग एवं नेतृत्वदायी भुमिका खेल्ने भएकाले नेपालमा स्टार्टअप संस्कृतिको विकास आवश्यक भएको बताए । 

 उनले स्टार्टअप उद्यममैत्री पर्यावरण निर्माण गर्नको निम्ति सरकारले राष्ट्रिय स्टार्टअप नीति २०८१ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको पनि बताए  । उनले नीतिले स्टार्टअप व्यवसायलाई परिभाषित गर्नुका साथै यसका लागि आवश्यक पर्ने रणनीति तथा कार्यनीतिहरुको व्यवस्था गरेको बताए । उनले स्टार्टअप नीति मुल लक्ष्य उद्यमशीलताको माध्यमबाट उत्पादन एवं रोजगारी सिर्जना गर्ने रहेको बताए । उनले नीतिमा स्टार्टअप प्रवद्धन गर्न तहगत सरकारको जिम्मेवारी निजी क्षेत्र र प्राज्ञिक संस्थासँग सहकार्य गर्ने विषयमा समेत उल्लेख गरेको बताए । 

 उद्यागमन्त्री भण्डारीले स्टार्ट अपमैत्री वतावरणलाई थप सहज बनाउनको निम्ति नेपाल सरकारले औद्योगिक व्यवसाय ऐन, २०७६ मा संशोधन गरी स्टार्टअप उद्यमको करका प्रशासन अभिलेख, व्यवस्थापन र स्टार्टलाई सुविधा उपलब्ध गराउने कानूनी व्यवस्था गरिसकेको बताए । 

प्रतिक्रिया