राष्ट्रिय सभामा प्रधानमन्त्री दाहालले भारत भ्रमण र नागरिकता विधयेकबारे राखे धारणा
प्रतिनिधि सभामा बजेटमाथिको छलफल जारी
राष्ट्रिय सभाको बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गरेका छन् । बैठकमा प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणबारे जानकारी गराएका हुन् । यस्तै, दाहालले नागरिकता विधेयक लगायत सांसदहरुले उठाएका समसामयिक विषयबारे पनि बैठकमा जवाफ दिएका छन् । यसअघि मंगलबार बस्ने भनिएको राष्ट्रिय सभाको बैठक विशेष कारणले भन्दै आजका लागि सारिएको थियो । त्यस्तै प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८०÷८१ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको छलफल आज पनि जारी छ । बजेटमाथिको छलफल सोमबारबाट प्रारम्भ भएको हो । छलफलमा भाग लिदै सत्ता पक्षका सांसदहरूले बजेट कार्यान्वयनमा जोड दिएका छन् भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेट सच्याउन माग गरेको छ । बजेटले मुलुकमा विद्यमान संकट समाधान गर्न नसक्ने प्रतिपक्षको आरोप छ । बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिमा सदस्यहरूको नाम मनोनयन गर्ने कार्यसूची पनि रहेको छ ।
प्रतिक्रिया