स्टार्टअपका लागि नेपालमा अनुकुल वातावरण : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्टार्टअपका लागि नेपालमा अनुकुल वातावरण बनेको बताएका छन्  ।

बुधवार काठमाडौंमा स्टार्टअप नेसन,२०३० कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा अहिले स्टार्टअपका अनुकुल वातावरण रहेको बताएका हुन् । प्रधानमन्त्री ओलीले कामको खोजिमा युवाहरु दिनहुँ विदेशिरहेको भन्दै नेपालमै पर्याप्त रोजगारीको सिर्जना गर्नुपर्नेमा जोड दिए ।

ओलीले देशबाट बाहिरिने युवाहरुका लागि स्वदेशमै पर्याप्त रोजगारी सिर्जना गर्न स्टार्टअप महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गरे । प्रधानमन्त्री ओलीले सीप, आम्दानी, आत्मविश्वास बढाउने कार्यक्रमहरु सरकारले ल्याउने पनि जानकारी दिए ।

 प्रधानमन्त्री ओलीले सहकारीमा गैरसहकारी तत्वहरुको प्रवेशले सहकारीप्रतिको आम नागरिकको विश्वास गुमेको भन्दै  हजारौँ सहकारीमध्ये केही सहकारीमा मात्रै सो अवस्था आएको अब सहकारीप्रतिको विश्वासलाई फेरि जगाउने बताए ।   

प्रधानमन्त्री ओलीले उद्यमशिलताको विकास नगरीकन रोजगारीका अवसर सिर्जना हुन नसक्ने भन्दै स्टार्टअप आफैँमा गन्तव्य, उद्देश्य नभइ माध्यम भएको उल्लेख गरे। 

प्रतिक्रिया