रास्वपाले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने भएको छ । रास्वपाकासभापति रवि लामिछानेले पार्टीले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने बताएका हुन।बिहीवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकपछि सञ्चारकर्मीहरुको जिज्ञासामा संक्षिप्त प्रतिक्रिया दिँदै लामिछानेले रास्वपाले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने बताएका हुन्  ।

सभापति लामिछानेले  निर्वाचनका लागि कुन ढंगले अगाडी बढ्ने भनेर पार्टीभित्र छलफल प्रारम्भ भएको जानकारी दिए। पार्टी निर्वाचनमा कसरी जाने भन्ने सन्दर्भमा थप छलफल गरेर निस्कर्षमा पुगिने लामिछानेको  भनाई छ । 

देशभरमा नगरपालिका प्रमुख र उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा वडा अध्यक्ष गरी ३४ पदमा रिक्त रहेको निर्वाचन आयोगले जनाएको छ । सरकारले उपनिर्वाचनको मिति घोषणा गर्ने तयारी गरिरहेको छ भने रिक्त स्थानहरुमा मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि निर्वाचन आयोगले सूचना आह्वान समेत गरिसकेको अवस्था छ ।    

प्रतिक्रिया