पूर्वराष्ट्रपति ओबामाले डोनाल्ड ट्रम्पको गरे आलोचना

एजेन्सी । पूर्वराष्ट्रपति बाराक ओबामाले रिपब्लिनक राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गरेका छन् ।

अमेरिकाको सिकागोमा डेमोक्रेटिक पार्टीको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले ट्रम्पले शक्तिलाई आफ्नो उद्देश्य हासिल गर्ने माध्यम मात्र बनाएको बताएका हुन् ।

 पुर्वराष्ट्रपति ओवामाले आफुहरुले ट्रम्पले जितेको र चार वर्षको अराजकता फेरि हेर्न नचाहेको बताए । ट्रम्पलाई व्यङ्ग्य गर्दै उनले  सिक्वेल फिल्महरू प्रायः खराब हुने टिप्पणी समेत गरे । ओबामाले नोभेम्बरको चुनाव नजिकको लडाई हुने बताउदै कमला ह्यारिस र उप–राष्ट्रपति उम्मेदवार टिम वाल्जको प्रशंसा गरे । 

उनले जो बाइडेनको प्रशंसा गर्दै यो देशले उनलाई एक प्रतिभाशाली राष्ट्रपतिको रूपमा सम्झने बताए । साथै उनले बाइडेनले ठूलो खतराको समयमा लोकतन्त्रलाई बचाएको भन्दै प्रशंसा गरे । सम्बोधनमा मिशेल ओबामाले पनि अमेरिकी हुनु भनेको के हो भन्नेमा कसैको एकाधिकार नरहेको बताइन् । 

त्यस्तै, सिनेटर बर्नी स्यान्डर्सले मंगलबार डेमोक्रेटिक नेशनल कन्भेन्सनमा अमेरिकी जनतालाई उपराष्ट्रपति कमला ह्यारिसलाई देशको अर्को राष्ट्रपति चुन्न आग्रह गरे । सम्बोधनमा, स्यान्डर्सले श्रमिक वर्गलाई आकर्षित गर्ने र ठूला–ठूला कर्पोरेट कम्पनीको प्रबद्धन गर्ने बताए । 

प्रतिक्रिया