मुकुल ढकाललाई पार्टीबाट निष्कासन अघि अन्तिम स्पष्टीकरण सोध्ने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पूर्व महामन्त्री डा. मुकुल ढकाललाई पार्टीबाट निष्कासन गर्नुअघि अन्तिम पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

बुधबार पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले उनलाई अनुशासन आयोगमार्फत अन्तिम पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । यसअघि रास्वपाले उनलाई पार्टी हितविपरीत गतिविधि गरेको भन्दै महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाएको थियो । तर, उनको साधारण सदस्य भने कायमै थियो । 

पार्टीले पदबाट हटाएपछि उनले निरन्तर सभापति रवि लामिछानेविरुद्ध अभिव्यक्ति दिँदै आएका छन् । उनलाई साधारण सदस्यबाट निष्कासनअघि  अन्तिम पटक स्पष्टीकरण सोध्ने निर्णय भएको बताइएको छ । 

प्रतिक्रिया