छुट्टीने भए जेनिफर र बेन

एजेन्सी । हलिउडका चर्चित कलाकार जेनिफर लोपेज र उनका पति बेन एफ्लेकले औपचारिक रूपमा सम्बन्ध विच्छेद गर्न निवेदन दिएका छन् । 

उनीहरुले अमेरिकाको लस एन्जलस सुपीरियर कोर्टमा सम्बन्ध बिच्छेदका लागि निवेदन दिएका हुन् । 
उनीहरुबीच  सन् २०२२  जर्जियाको राइसबोरोमा भएको विवाह समारोहको वर्षगाँठको अवसर पारेर  मंगलबार लस एन्जलसमा आफ्नो दुई वर्षे वैवाहिक सम्बन्ध विच्छेदका लागि लोपेजले निवेदन दिएकी थिइन् । दुबै जना लामो समयदेखि अलग–अलग बसिरहेका थिए । त्यसपछि अहिले  ब्रेकअप भएको हो ।  

उनीहरूको सम्बन्धविच्छेदले दुई सुपरस्टारबीचको प्रेम कहानीमा अर्को मोड लिने अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । बेनले दोस्रो पटक र जेनिफरले चौथो पटक सम्बन्ध विच्छेद गरिरहेका हुन् ।

डेली मेलका अनुसार यो जोडीले २०२२ मा विवाह गर्नुअघि कुनै सम्झौता गरेको छैन । जेनिफरले यस अघि तीनजनासँग विबाह गरेर सम्बन्ध विच्छेद गरिसकेकी थिइनर । त्यसैगरी बेनले पनि यसअघिकी श्रीमतिसँग सम्बन्ध बिच्छेद गरेका थिए ।   

प्रतिक्रिया