’स्त्री २’ ले छैठौं दिनमै  ३५० करोडको आम्दानी पार गर्‍यो

एजेन्सी । राजकुमार राव र श्रद्धा कपुरअभिनीत भारतीय फिल्म ’स्त्री २’ ले सोचेको भन्दा बढी चर्चा कमाएको छ ।

सो फिल्म भारत लगायत अन्य देशका हलहरुमा सुपरहिट भएर चलेको छ । सो फिल्म  यति ठूलो हिट हुन्छ भनेर निर्माताले पनि सोचेका थिएनन् । हलहरु फिल्म हेनै खचाखच भरिएका छन् । फिल्म रिलिज भएको छैठौं दिनमा नै ३५० करोड भारतीय रुपैयाँ कमाएको छ । 

गत.बिहीबार हलमा रिलिज भएको फिल्मले छैठौं दिन यति धेरै कमाइ गरेको छ,कि जति यो वर्षका ठूला फिल्मको ओपनिङ कलेक्सन पनि त्यति छैन । यसबाहेक ’स्त्री २’ ले सन् २०१८ मा ’स्त्री’ ले हलहरुमा चलुञ्जेल जति कमाइ गरेको थियो ६ दिनमै त्यो भन्दा  दोब्बर कमाएको छ।  

पहिलो ५ दिनसम्म लगातार ३० करोड भन्दा बढी कलेक्सन गरेको ’स्त्री २’ ले सबैभन्दा कम कमाई भने गत शुक्रबार गरेको थियो । 

प्रतिक्रिया