इरानमा पाकिस्तानी सवार बस दुर्घटना २८ को मृत्यु

एजेन्सी । इरानमा पाकिस्तानी तीर्थयात्री चढेको बस दुर्घटना हुँदा २८ जनाको मृत्यु भएको भएको छ ।

इरानी सरकारी सञ्चारमाध्यमहरुका अनुसार मध्य इरानी प्रान्त याज्दमा मङ्गलबार राति बसको ब्रेक फेल भएको कारण दुर्घटना भएको हो । 

त्यसैगरी दुर्घटनामा परेर अन्य २३ जना यात्रु घाइते भएका र तीमध्ये सातजनाको अवस्था गम्भीर रहेको इरानी प्रहरीलाई उद्धृत गर्दै समाचारसंस्था रोयटर्सले जनाएको छ । तीर्थयात्रीहरू इराकको पवित्र शहर कर्बलामा शिया मुस्लिमको एक समारोहमा जान लागेका थिए । पाकिस्तानको डन न्यूजका अनुसार दुर्घटनाको समयमा बसमा ५३ जना सवार रहेको अनुमान गरिएको छ ।

 दुर्घटनामा मृत्यु हुनेमा ११ महिला र १७ पुरुष रहेको जनाइएको छ । इरानको राजधानी तेहरानबाट करिब ६सय ८१ किलोमिटर दक्षिणमा रहेको देहशिर–टाफ्ट चेकप्वाइन्ट अगाडि बसमा आगलागी भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया