झ्याप्ले खोला छेउमा पहिरो जाँदा त्रिभुवन राजपथ अवरुद्ध
काठमाडौं । अबिरल वर्षासँगै काठमाडौं प्रवेशको मुख्य नाका नागढुङ्गा नजिक झ्याप्लेखोलाछेउमा पहिरो जाँदा त्रिभुवन राजपथ अवरुद्ध भएको छ ।
काठमाडौं प्रवेशको मुख्य नाका त्रिभुवन राजपथ अन्तर्गत धादिङ र काठमाडौंको सिमानामा पर्ने नागढुङ्गा नजिक झ्याप्लेखोलाछेउमा पहिरो गएको हो । पहिरोपछि काठमाडौं आउने र काठमाडौंबाट बाहिरिने यात्रु र सवारी साधन अलपत्र परेका छन् ।
पहिरो ठूलो भएकोले पहिरो पन्छाउन समय लाग्ने प्रहरीले जनाएको छ । अहिले डोजरको प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया