आज रोपाइँ जात्रा मनाइदै

काठमाडौं । प्रत्येक वर्ष गाईजात्राको भोलिपल्ट हुने रोपाइँ जात्रा बुधबार बौद्धमा मनाइदैछ । वर्षभर बौद्ध क्षेत्रबाट दिवंगत भएकाको मोक्ष एवं शान्ति प्राप्तिको कामना गर्दै बौद्ध चैत्यमा सीमित मानिसहरुको सहभागीतामा रोपाइँ जात्रा मनाइने गरेको हो । 

धान रोप्ने काम सकिएको खुसियालीमा यो जात्रा मनाइने गरिन्छ । यो जात्रामा रोपाइँमा धान रोपे झैँ गरी नाच्ने गाउने गरिन्छ। रोपाइ जात्रा मनाउन खेतालाहरू जम्मा भएर बाजा गाजाका साथ ज्युला (धान रोप्ने खेतहरू मात्र भएको ठाउँ) मा गएर असारे गीत गाउँदै र नाँच्दै रमाइलो गर्दछन्।

यो जात्रा मनाउने चलन मल्लकालदेखि चलिआएको मानिन्छ। विशेष गरि नेवार समुदायले चैत्य, बहाल र टोलका फलैँचामा भेला भएर रोपाइँ जात्रा मनाउने गर्छन्। धान रोपाइँ सकिएको खुसियालीमा यो जात्रा मनाउने गरिन्छ।


 

प्रतिक्रिया