म्यानचेस्टर सिटीका फिल फोडेनले जिते पिएफए प्लेयर अफ द इयर अवार्ड

काठमाडौं । म्यानचेस्टर सिटीका मिडफिल्डर फिल फोडेनले प्रोफेसनल फुटबलर्स एशोसिएसनले प्रदान गर्ने प्लेयर अफ द इयर को अवार्ड जितेका छन् । 

फोडेनले सिटीका एर्लिङ हालान्ड, रोड्री, चेल्सीका पामर, आर्सनलका मार्टिन ओडेगार्ड र एस्टन भिल्लाका ओली वाटकिन्सलाई पछि पार्दैै अवार्ड जितेका हुन् ।  फोडेनले २०२३–२४ मा १९ गोल गरेका थिए  । फोडेनको योगदानमा सिटीले लगातार चौथो पटक ऐतिहासिक प्रिमियर लिग जितेको थियो । 

चेल्सीका विंगर कोल पाल्मरले वर्षको उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका छन् । सन् २००९–१० पछि पहिलो पटक पुरुषतर्फको दुवै पुरस्कार दिइएको हो । चेल्सीका लागि आफ्नो पहिलो सिजनमा प्रिमियर लिगमा उनले २२ गोल गरेका थिए । 

आर्सनलका बुकायो साका, म्यानचेस्टर युनाइटेडका कोबी माइनु र एलेजान्ड्रो गार्नाचो, क्रिस्टल प्यालेसका पूर्व खेलाडी माइकल ओलिस र ब्राइटनका जोआओ पेड्रोलाई पछि पार्दै युवा खेलाडीमा अवार्ड जितेका हुन् ।

त्यस सिजनका लागि वेन रुनी र जेम्स मिल्नरले क्रमशः प्लेयर र युवा प्लेयर अफ द इयर पुरस्कार जितेका थिए । महिलातर्फ म्यानचेस्टर सिटीकी खादिजा शा वर्ष खेलाडी घोषित भइन् । म्यानचेस्टर युनाइटेडकी ग्रेस क्लिन्टन वर्षको उत्कृष्ट युवा खेलाडीको पुरस्कार जितिन् । 


 

प्रतिक्रिया