प्रतिनिधि सभा बैठकमा बजेटमाथि सांसदले धारणा राख्ने क्रम आजपनि चल्ने
संसद विकास कोष र असमान वितरणमा सांसदको चासो
काठमाडौ । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक अझै सुरु भएको छैन । संसद भवन नयाँ वानेश्वरमा एघार बजेका लागि बोलाइएको बैठक अझै सुरु भएको छैन । प्रतिपक्षी एमालेले बजेट चुहावटका विषयमा संसद अवरोध गर्ने तयारी गरेपछि बैठकमा ढिलाइ भएको हो । बैठकमा आगामी आर्थिक वर्ष २०८०÷०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफलको कार्यतालिका छ । हिजोबाट शुरु भएको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलले आज पनि निरन्तरता पाउने भएको हो । प्रतिनिधिसभा सदयस्यहरूले राजस्व र व्ययको वार्षिक अनुमानमाथि आ–आफ्नो धारणा राख्ने छन् । सांसदहरुले संसद विकास कोष, नेता र मन्त्रीको क्षेत्रमा मात्रै वितरणका विषयमा प्रश्न उठाउने तयारी गरेका छन । जेठ १५ गते संसदमा प्रस्तुत भएको राजस्व र व्ययको वार्षिक अनुमानमाथि हिजोबाट सदनमा छलफल शुरु भएको हो । त्यस्तै बजेटमाथि छलफल गर्न बोलाइएको राष्ट्रिय सभा बैठक भने भोलीका लागि सारिएको छ । प्रधानमन्त्रीले सम्बोधन गर्ने तालिका भएपनि आज पुष्पकमल दाहाल खप्तड गएकाले बैठक भोलीका लागि सारिएको संसद सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री दाहालले समसामयिक विषयमा वक्तव्य दिने, अर्थमन्त्री प्रकाशशरण महतले बजेटमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।।
प्रतिक्रिया