दिल्लीस्थित व्यापारिक सपिङ मलमा बम आक्रमणको धम्की

एजेन्सी । भारतको राजधानी दिल्लीस्थित विभिन्न व्यापारिक सपिङ मलमा बम आक्रमणको धम्की आएपछि प्रहरीले सुरक्षा सतर्कता बढाएको छ । 

दिल्ली प्रहरीका अनुसार चाणक्य मल्ल, सेलेक्ट सिटीवाक, एम्बियन्स मल, डीएलएफ, सिने पोलिस, प्यासिफिक मल, प्राइमस अस्पताल र युनिटी समूहलाई बम विस्फोट हुने धम्कीको पत्र प्राप्त भएको छ । सूचना प्राप्त हुने बित्तिकै मलका अधिकारीले दिल्ली प्रहरीलाई जानकारी दिएको दिल्ली प्रहरीले बताएको छ । 

जानकारी पाएलगत्तै प्रहरीले अनुसन्धान थालेको थियो । घटनास्थलमा बम डिस्पोजल टोली र दमकल पुगेको थियो । हालसम्म बम फेला नपरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । गुरुग्रामको एम्बियन्स मलमा अगस्ट १७ मा बम आक्रमणको धम्की प्राप्त भएको बताइएको छ । तर, खोजीका क्रममा कुनै संदिग्ध वस्तु फेला नपरेको समाचारमा उल्लेख छ । 

प्रतिक्रिया