एमपक्स कोभिड भाइरसको नयाँ रुप होइन,रोक्न सकिन्छ : डब्लुएचओ

एजेन्सी । मङ्किपक्स ’एमपक्स’ भाइरस र यसको नियन्त्रणबारे पूर्वजानकारी रहेको जोड दिँदै यसको प्रकोप अर्को कोभिड–१९ भेरियन्ट नभएको विश्व स्वास्थ्य सङ्गठनले बताएको छ । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार एमपक्स ‘क्लेड १ बी’ भेरियन्टको थप अनुसन्धान आवश्यक रहेको बताउदै संयुक्त राष्ट्र सङ्घले यसलाई अन्तर्राष्ट्रिय  सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको हो । ‘एमपक्स प्रकोपलाई नियन्त्रण गर्न सकिन्छ’, डब्ल्यूएचओका युरोपेली निर्देशक डा. हान्स क्लुगेले भनेका छन् । 

सन् २०२२ जुलाईमा, डब्ल्यूएचओले एमपक्सको कम गम्भीर भेरियन्ट ’क्लेड २बी’ लाई पनि अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकाल घोषणा गरेको थियो । “हामीलाई एमपक्स कसरी नियन्त्रण गर्ने भन्ने थाहा छ । र युरोपेली क्षेत्रमा यसको सङ्क्रमणलाई पूर्ण रूपमा उन्मूलन गर्न आवश्यक अनुसन्धान भइरहेको छ ”डा.क्लुगेले भने,“के डब्लुएचओ युरोपेली क्षेत्रमा लकडाउन गर्न जाँदैछ, यो कोभिड–१९ को नयाँ रुप हो ? भन्ने प्रश्नको जवाफ स्पष्ट छ होइन”, उनले भने ।

डा.क्लुगेले व्यक्तिबीच छालाको सम्पर्क एमपक्स सङ्क्रमण फैलिने मुख्य कारक रहेको बताए ।

प्रतिक्रिया