शिक्षा र स्वास्थ्य महंगो भयो, सरकारको ध्यान जाओस् : शेखर कोईराला

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले नेपालको शिक्षा महंगो भएको बताएका छन् । 

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले संविधानमा सहजै शिक्षा र स्वास्थ्य निःशुल्क लेखेपनि कार्यान्वयन गर्न नसकेको गुनासो गरेका हुन् । नेता कोइरालाले शिक्षा र स्वास्थ्य हुने खानेले मात्रै गर्ने हो भन्ने हिसावले अघि बढिरहेको भन्दै दुःख व्यक्त गरे । 

शिक्षा र स्वास्थ्यको महंगी हटाउनुपर्ने भन्दै नेता कोइरालाले सरकारी विद्यालयमा समेत अध्ययन गर्न नसक्ने अवस्था आइसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।  कोईरालाले नागरिकले आफ्ना सन्तानलाई पढाउनसक्ने अवस्था नै नरहेकोमा समेत चिन्ता प्रकट गरे ।

प्रतिक्रिया