राजनीति अस्थिरता र सामाजिक अराजकता नै नेपाली राजनीतिको चुनौती : शंकर पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीति अस्थिरता र सामाजिक अराजकता नै नेपाली राजनीतिको चुनौतीका रूपमा रहेको बताएका छन् । 

मंगलबार काठमाडौंमा स्व. प्रदीप गिरीको दोस्रो स्मृति दिवसको अवसर पारेर आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् । ।

महासचिव पोखरेलले चुनाव जितेकाले क वर्ग र समानुपातिबाट चयन भएका सांसदले ख वर्गको ठान्ने परिपाटी अन्त्य गर्न निर्वाचन प्रणालीमा परिवर्तन गर्न जरुरी रहेको बताए ।  उनलेले यसमा नेकपा (माओवादी केन्द्र), मधेशवादी दलहरुले असहमति प्रकट गर्न नसक्ने बताए । 

उनले नेपाली समाजमा नेपाली नागरिक र राज्य जोडिन नसकेको पनि बताए । ‘जबसम्म नागरिक र राज्य जोडिँदैन । तबसम्म लोकतन्त्र सफल हुन नसक्ने बताएका हुन् ।  उनले कुनै पनि देश सफल हुन राज्य र नागरिकबिचको सम्बन्ध पनि राम्रो हुन जरुरी रहेको बताए । 

महासचिव पोखरेलले विकास र समृद्धिका लागि धेरै दल नभएर बलिया राजनीतिक दल आवश्यक रहेको भन्दै सोही कारण दुई पार्टी कांग्रेस र एमालेबिच सहकार्य र सहमति गरिएको बताए ।

प्रतिक्रिया