केपी शर्मा ओली र मेरो बीचमा भएको सहमति कसैको दबाबमा हैन : शेरबहादुर देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान गठबन्धन  अरू पार्टीको खिलाफ को लागि नभएको बताएका छन् ।  उनले  केपी शर्मा ओली र आफुबीच  भएको सहमति कसैको दबाबमा नभएको बताएका  हुन् । 

मंगलबार राजधानीमा आयोजित नेपाली कांग्रेसका स्वर्गीय नेता तथा समाजवादी चिन्तक प्रदीप गिरीको दोस्रो स्मृति सभालाई सम्बोधन गर्दै उनले कांग्रेस र एमालेको गठबन्धन  कुनै पनि पार्टीको विरुद्धमा नभएको स्पष्ट पारे । 

उनले कांग्रेस र नेकपा एमालेको गठबन्धन बनाउन कसैले दबाब नदिएको समेत  बताए  । यस्तै, देउवाले संविधान संशोधन सबै दलहरूको सल्लाह सुझावमा नै हुने भएकाले कुनै पनि शङ्का उपशङ्का नगर्न आग्रह गरे । 


 

प्रतिक्रिया