नेपाल भ्रष्टाचार र दुराचारले जर्जर भयो: कालीबाबा

काठमाडौ । धर्मगुरु कालीदाश स्वामी कृष्णानन्द परमहंश कालीबाबाले भ्रष्टाचार र दुराचारले नेपाल जर्जर भएको बताएका छन । आज भारत जानुअघि काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले युवा, युवतीहरुले विदेशमा गएर श्रम बेचेर पठाएको पैसाले नेताहरुले अमेरिका, बेलायत, स्कटल्याण्डमा आफ्ना सन्तानलाई शिक्षा, दिक्षाका लागि पठाइरहेको भन्दै यो कस्तो नैतिकता हो ? भन्दै प्रश्न समेत गरे । काली बाबाले सबै नेपालीले यसबारेमा सोच्नुपर्ने बेला भएको बताए । उनले नेपालमा अहिले अनैतिक, दुराचार, भ्रष्टाचार भइरहेको भन्दै नेपाली जनताले अब सहन नहुने बताए । 
धर्मगुरु कालीबाबाले नेताहरुले नेपालाई हिन्दुराष्ट्र घोषणा नगरेसम्म नेपालमा आफूले अभियान सञ्चालन गरिरहने बताए । उनले नेपालका विभिन्न स्थानमा भ्रमण गर्ने क्रममा नेपाली जनताले राजा ल्याइदिन आफूसँग आग्रह गरेको पनि बताए । 
 

प्रतिक्रिया