लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । मंगलबार आचार्यले प्रदेशसभामा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल सकिएसँगै मत विभाजन गर्दा उनले ७० मत पाएका हुन् । उनको विपक्षमा ११ मत  परेको  छ  । 

आचार्य साउन ७ गते एमालेका २९ र कांग्रेसका २७ गरी ५६ प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।  आज आचार्यलाई  एमाले र कांग्रेससहित  जसपा, लोसपा र  नागरिक उन्मुक्ति पार्टीका सांसदले विश्वासको मत दिएका छन्। 
विपक्षमा भने  माओवादी र राष्ट्रिय जनमोर्चाका सांसदले  मतदान गरेका छन्  । यस्तै  राप्रपाका सांसद भने तटस्थ बसेको सभामुखले जानकारी दिए । राप्रपाका ४ सांसद रहेका छन् ।

प्रतिक्रिया