नेपालगञ्जमा गाईजात्रा मनाइँदै

काठमाडौं । बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक सहर नेपालगञ्जमा पछिल्ला केही वर्षयता नेवार समुदायले गाईजात्रा पर्व मनाउन थालेका छन् ।

देशका विभिन्न जिल्लावाट आएर कर्मथलो बनाएका नेपालगञ्जका  नेवार समुदायले नेवार धर्मका गतिविधि बढाउन थालेका हुन् । देशैभर आजकै दिन मनाइने गाईजात्रा पर्वको अवसर पारेर नेपालगंजका नेवार समुदायले एव वर्ष भित्र दिवंगत भएका आफन्तको सम्झनामा भव्य रूपमा गाईजात्रा निकालेका हुन् ।

 नेवाः पुचः बाँकेको आयोजना र नेवाः देय् दबु  नेपालगञ्जको सह आयोजनामा आज नेपालगञ्जको सुर्खेतरोडबाट निकालिएको गाइजात्रा पर्व घरबारीटोल, धम्बोझी , सेतुविक चोक , न्यूरोड हुँदै वागेश्वरी मन्दिरको महेन्द्रपार्कमा समापन भएको थियो । नेपालगञ्जमा  पछिल्ला वर्षहरुमा नेवार समुदायको संख्या बढ्दै गएकाले नेवार धर्मसँग जोडिएका गतिविधिहरु पनि बढ्दै गएका छन् ।  

प्रतिक्रिया