लुम्बिनीका मुख्यमन्त्री आचार्यले मागे विश्वासको मत

दाङ ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभा बैठकमा विश्वासकाे मत मागेका छन्।लुम्बिनी प्रदेशसभाकाे चाैंथाे अधिवेशनकाे २५ औं बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासकाे मत मागेका हुन्।साउन ७ गते एमालेका २९ र कांग्रेसका २७ गरी ५६ प्रदेशसभा सदस्यकाे समर्थनमा उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

मुख्यमन्त्री आचार्यले प्रतिपक्षमा रहेका दलहरूसँग पनि विश्वासकाे मत मागे। प्रदेशकाे समृद्धिकाे आकांक्षालाई मूर्तरूप दिन सबै दलहरू एक ठाउँमा आउनुपर्ने बताउँदै उनले सबैले विश्वास मत दिनुपर्ने धारणा राखे।

समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश बनाउने मुख्य कार्यभार सरकारकाे भएकाे उनले बताए।

प्रतिक्रिया