टिकटकमाथिको प्रतिबन्ध हटाउने सरकारको तयारी
काठमाडौं । सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारी थालेको छ । पुष्पकमल दाहाल नेतृत्वको सरकारले लगाएको टिकटकमाथिको प्रतिबन्ध खुलाउने वर्तमान सरकारले गृहकार्य सुरु गरेको हो ।
हालै टिकटको साउथ एसियन क्षेत्रीय कार्यालयले नेपालको कानून परिपालना गरेर सञ्चालन गर्न तयार रहेको पत्र सञ्चार मन्त्रालयमा पठाएपछि प्रतिबन्ध फुकुवा गर्ने तयारीमा सरकार जुटेको हो ।
सञ्चार मन्त्रालयले आगामी मन्त्रिपरिषद्को बैठकबाट टिकटक खुलाउने प्रस्ताव पारित गर्नेगरी तयारी थालेको छ । टिकटकको दक्षिण एसिया कार्यालयवाट प्राप्त पत्र अध्ययन भैरहेको पनि मन्त्रालयले जनाएको छ ।
गत वर्ष कात्तिक २७ गते मन्त्रिपरिषद्को निर्णयबाटै टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । अहिले सत्ता गठबन्धन परिवर्तन भएर कांग्रेस एमालेको नयाँ सरकार बनेपछि टिकटकमाथि लगाइएको प्रतिबन्ध हटाउने सरकारले तयारी थालेको हो। प्रधानमन्त्री केपी ओलीले पनि त्यसबारे आवश्यक तयारी थाल्न निर्देशन दिएको बताइएको छ ।
प्रतिक्रिया