काठमाडौंको वसन्तपुरमा यस्तो देखियो गाईजात्रा (फोटोफिचर)

काठमाडौं । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व गाईजात्रा आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदै छ ।

 म‌‌गलबार बिहानैदेखि काठमाडौंको वसन्तपुर क्षेत्रमा पनि गाईजात्रा निकालिएको छ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दुध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने प्रचलन रहेको छ । 

वसन्तपुरमा गाईजात्राको अवसरमा एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई र उनीहरुको तस्बिर निकालेर मनाइने गरिन्छ ।  यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाइ वैतरणी नदी पार हुन्छन् भन्ने धार्मिक जनविश्वास रहेको छ ।

 

 

प्रतिक्रिया