३८ जनाको मृत्यु भएको बाँदरमुँडे घटनाको १८ बर्ष पूरा
दुई दशकमा पनि पीडितले न्याय पाएनन्
काठमाडौ । माओवादीले थापेको विद्युतीय धरापमा परि ३५ सर्वसाधारण र तीन सैनिक गरी ३८ जनाको मृत्यु भएको बाँदरमुँडे घटनाको आज अठार बर्ष पुगेको छ । २०६२ जेठ २३ गते माडीको बगईबाट १ सय ५० जना यात्रु बोकेर नारायणगढतर्फ आउँदै गरेको ना १ ख ३२४५ नम्बरको यात्रुबाहक बस माओवादी धरापमा परेको थियो । सार्वजनिक बसमा चढेका १२ जना सेनालाई लक्षित गरेर बाँदरमुढे खोलामा तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीले बम विस्फोट गराएको थियो । माडीबासीको त्यो कालो दिन बितेको आज १८ वर्ष पुगेपनि अझै पीडितले न्याय पाउन सकेका छैनन । १८ वर्ष बितिसक्दा पनि स्थानीय न्यायको लडाइँमा छन । घटनाका पीडितहरू औषधि उपचारबाट वञ्चित छन् । कतिपयले अझै पनि मानसिक रोगको औषधि सेवन गर्दै आएका छन् । अधिकांश घाइते शारीरिक रूपमा असक्त छन् । तर उनीहरुलाई सरकारले कुनै सहयोग गरेको छैन । त्यसबेलाका विद्रोही पक्षको नेतृत्व गरेका पुष्पकमल दाहाल अहिले प्रधानमन्त्री भएपनि पीडितको गुनासोको सम्बोधन नगरेको पीडितको भनाइ छ । पीडितले न्याय सत्यनिरुपण आयोगमार्फत समाधान गर्न माग गरेका छन ।।
प्रतिक्रिया