रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बुधबार केन्द्रीय समिति बैठक बोलाएको छ । 

बैठकमा राष्ट्रिय भेलाका साथै कर्णाली विशेष अभियान तथा संगठन निर्माणसम्बन्धी कार्यविधि संशोधनका बारेमा छलफल हुने बताइएको छ । त्यस्तै, केन्द्र तथा सातै प्रदेशको बन्द कार्यशालाको प्रतिवेदन र उपलब्धि, स्थानीय तह उपनिर्वाचन तयारीमा पनि छलफल हुनेछ ।

रास्वपाले केन्द्रीय समितिमा स्थानीय तह निर्वाचनबारे पनि छलफल गर्ने भएको छ। निर्वाचन आयोगले रिक्त स्थानीय तहका पदमा मंसिरको तेस्रो साता चुनाव गर्न सुझाव दिएको छ। 

रास्वपाले संविधान दिवसको कार्यक्रमबारे पनि केन्द्रीय समितिमा छलफल गर्ने कार्यसूची बनाएको बताइएको छ । 

प्रतिक्रिया