इटालीमा पानी जहाज डुब्दा १ जनाको मृत्यु, ६ जना बेपत्ता

एजेन्सी । इटालीको सिसली टापु नजिक २२ जना सवार पानी जहाज डुब्दा एक जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् । 

बेपत्ता हुनेमा बेलायतका धनाढ्य प्रबिधि व्यवसायी माइक लिन्च र उनकी १८ वर्षीया छोरी सहित ६ जना रहेका छन् । बेपत्ताको खोज कार्य जारी रहेको इटालीको  प्रहरीले जनाएको छ । ५६ मिटर लामो पानी जहाजमा बेलायती, अमेरिकी र क्यानेडियन नागरिक सवार थिए । एक वर्षीया बेलायती बालिका सहित १५ जनाको उद्धार गरिएको समाचारमा उल्लेख छ । 

मौसम खराब भएसँगै आएको भारी वर्षा र समुद्रमा देखिने “वाटर– स्पाउट्स“का कारण बेजियन नाम भएको सो जहाज डुबेको बताइएको छ । उद्धारकर्मीहरुले पानीको सतहभन्दा करिब ५० मिटर तल जहाजको भग्नावशेष भेट्टाएका छन् । 

प्रतिक्रिया