साफ यु–२० च्याम्पियनसिप : आज बंगलादेश र श्रीलंका खेल्दै
काठमाडौं । दक्षिण एसियाली देशहरुबीच हुने २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबल प्रतियोगितामा मंगलबार बङ्गलादेश र श्रीलङ्का खेल्दैछन् ।
खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो ३ बजे सुरू हुनेछ । यसअघि सोमबार भएको खेलमा साविक विजेता भारतले भुटानलाई १–० गोलले हरायो । उदघाटन खेलमा आइतबार नेपालले श्रीलङ्कालाई १–० गोलले पराजित गरेको थियो ।
नेपालले समूहको दोस्रो खेल बिहीवार बङ्गलादेशसँग खेल्नेछ । च्याम्पियनशिपमा पाकिस्तानबाहेक दक्षिण एसियाका ६ टोली सहभागी छन् । ६ टोलीलाई दुई समूहमा विभाजन गरेर खेलाइएको छ र दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।
प्रतियोगिताको समूह ‘ए’ मा आयोजक नेपालसँगै बङ्गलादेश र श्रीलङ्का तथा समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान छन् ।
प्रतिक्रिया