ट्रम्पको चुनावी अभियानमा इरानको साइबर आक्रमण

एजेन्सी । अमेरिकाको कट्टर विरोधी इरानले राष्ट्रपति पदको निर्वाचन अभियान ह्याक गरेको पुष्टि भएको छ । 

एक साताअघि नै डोनाल्ड ट्रम्पका अभियन्ताले साइबर हमला भएको बताएपनि सरकारी अधिकारीहरुबाट पुष्टि भएको थिएन । तर, अमेरिकाको संघीय अनुसन्धान व्युरो एफबीआईले पनि त्यसको पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

यसै महिनाको सुरुवातमा ट्रम्पका अभियन्ताहरुले चुनाव प्रचार अभियानको वेबसाइट ह्याक गरेर गोप्य दस्तावेज लिक गर्ने र फैलाउने काममा इरानका व्यक्तिहरुको संलग्नता भएको आरोप लगाएका थिए । तर, इरानले त्यसको खण्डन गर्दै आएको थियो ।  

राष्ट्रपति निर्वाचनमा ट्रम्पको प्रतिस्पर्धी कमला ह्यारिसको टिमको प्रचार अभियानका अनुसार गत जुलाईमा प्रचारप्रसारको क्रममा कानूनी र सुरक्षा टिमलाई एफबीआईले विदेशबाट साइबर हमला भएको जानकारी गराएको थियो । 

प्रतिक्रिया