गाडी दुर्घटनामा गाउँपालिकाका उपाध्यक्षको निधन

काठमाडौं । गाडी दुर्घटनामा परी हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्की निधन भएको छ ।

सोमबार सुर्खेतबाट बाँकेको नेपालगञ्ज जाँदै गर्दा उनी सवार कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको गाडी सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर–५ मा दुर्घटना भएको थियो । उनको नेपालगञ्जमा उपचारको क्रममा मंगलबार बिहान करिब २ बजेतिर निधन भएको प्रहरीले जनाएको छ ।

३९ वर्षीया उपाध्यक्ष कार्कीको टाउको र छातीमा गम्भीर चोट लागेको थियो । उपाध्यक्ष कार्की नेकपा माओवादी केन्द्रको तर्फबाट हुम्लाको सर्केगाड गाउँपालिकामा गत निर्वाचनमा उपाध्यक्ष निर्वाचित भएका थिए  ।

कार्की कर्णाली प्रदेश सभा सदस्य जुम्कित लामा कार्कीका श्रीमान् हुन् । कार्की नेकपा (माओवादी केन्द्र) को प्रदेश समिति सचिवालय सदस्य रहेका थिए ।

प्रतिक्रिया