प्रधानमन्त्रीले महत्त्वपूर्ण वार्तामा छोरी लिएर जान मिल्छ, नोट लेख्ने मान्छे खोइ ? ओली

kpoli

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा महत्त्वपूर्ण वार्ताहरुमा छोरीलाई राखेको प्रसंग निकाल्दै पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले यस क्रममा प्रोटोकलको बेवास्ता गरिएको बताएका छन्।

सोमबारको संसद बैठकका क्रममा बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालले भारतसँगका महत्त्वपूर्ण बैठकमा पीएको भूमिकामा रहेकी छोरी लैजान नमिल्ने बताए।

‘स्पाउसको भूमिका छोरा वा छोरीले लिन सक्दैन, महत्त्वपूर्ण बैठकमा पीए लान मिल्दैन, परराष्ट्रमन्त्री लानु पर्दैन? अर्काे मन्त्री लैजानु पर्दैन? परराष्ट्रसचिव लानु पर्दैन? नोट टेक्ने मान्छे लानु पर्दैन?’

‘यो धार्मिक भ्रमण हो कि? पारिवारिक भ्रमण हो कि? पर्यटकीय भ्रमण हो कि?’ संसद्‌मा ओलीले सोधे। भ्रमणका क्रममा प्रधानमन्त्रीले प्रोटोकल मिचेको ओलीले बताए।

प्रतिक्रिया