लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मंगलबार विश्वासको मत लिँदैछन्।

मंगलबार दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन लागेका हुन् । एमाले कांग्रेसको समीकरण बनेपछि गत साउन ७ गते आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

उनलाई सात वटा राजनीतिक दलले विश्वासको मत दिने भएका छन् । ११ वटा दल क्रियाशील रहेको लुम्बिनी प्रदेशमा ८७ जना सांसद छन्। जसमध्ये एमालेका २९ र कांग्रेसका २७ जना सांसद छन्। उनलाई एमाले र कांग्रेससहित नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, जसपा, जसपा नेपाल र एक स्वतन्त्र सांसदले विश्वासको मत दिने भएका छन् । 

प्रदेश सभामा एमालेका २९, कांग्रेसका २७, नागरिक उन्मुक्तिका ४, लोसपा र जनमतका ३(३, जसपाका २, जसपा नेपालका एक र स्वतन्त्र एक गरी ८७ सदस्यीय प्रदेश सभामा आचार्यलाई ७० प्रदेश सभा सदस्यले विश्वासको मत दिने भएका छन् ।

लुम्बिनी प्रदेशसभामा विपक्षमा माओवादी १०, नेकपा एस, राजमो र स्वतन्त्र १/१ गरी १३ सदस्य रहेका छन् । ४ सांसद रहेको राप्रपाले के गर्ने टुंगो लगाएको छैन । 

प्रतिक्रिया