युक्रेन जाँदै भारतीय प्रधानमन्त्री मोदी

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनको भ्रमण गर्ने भएका छन् । रूस भ्रमणको चर्को आलोचना भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनको भ्रमण गर्ने लागेको भारतीय विदेश मन्त्रालयले जनाएको छ । 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई अँगालो हालेको भन्दै युक्रेनले आलोचना गरेको केही सातापछि मोदीको भ्रमण तय भएको हो । भारतीय विदेश मन्त्रालयले भ्रमणको मिति भने खुलाएको छैन तर, भारतीय सञ्चारमाध्यमका अनुसार पोल्याण्ड र युक्रेनको यो भ्रमण यसै साताको अन्त्यमा हुनेछ। 

मस्कोसँग आफ्नो देशको ऐतिहासिक न्यानो सम्बन्ध कायम राख्ने र क्षेत्रीय प्रतिद्वन्द्वी चीनविरुद्ध पश्चिमा राष्ट्रहरूसँग घनिष्ठ सुरक्षा साझेदारी कायम गर्नेबीचको सन्तुलनलाई कमजोर बनाएको आरोप मोदीमाथि छ। उनको सरकारले द्वन्द्व सुरू भएको दुई वर्षभन्दा बढी अवधिमा युक्रेनमा रूसले गरेको आक्रमणको स्पष्ट विरोध गरेका छैनन् तर, दुवै पक्षलाई वार्ताका माध्यमबाट आफ्ना मतभेदहरू समाधान गर्न आग्रह गरेका छन् । 

युक्रेन द्वन्द्व सुरू भएदेखि रूस मूल्य कटौतीसहितको कच्चा तेलको भारतका लागि प्रमुख आपूर्तिकर्ता बनेको छ। यसले पश्चिमी प्रतिबन्धहरू लगाएपछि धेरै आवश्यक निर्यात बजार प्रदान गरेको छ। भारतले मस्कोको युद्ध कोषलाई बलियो बनाउन सहयोग गरेको छ भने सहुलियत दरको कच्चा तेलको आयातले भारतको अर्बोँ डलर बचत गरेको छ।

तर, रूसको युक्रेनसँगको लडाइँमा भारतको पनि मानवीय क्षति भएको समाचारमा उल्लेख छ । 

प्रतिक्रिया