रिपब्लिकनद्वारा अमेरिकी राष्ट्रपति बाइडेनविरुद्ध महाभियोग मुद्दा दर्ता

एजेन्सी । अमेरिकी माथिल्लो सदन काङ्ग्रेसका रिपब्लिकन सदस्यहरुले अमेरिकी राष्ट्रपति जो बाइडेनको महाभियोगका लागि औपचारिक मुद्दा दर्ता गरेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार रिपब्लिकनहरूले डेमोक्रेटिक नेसनल कन्भेन्सनको उद्घाटनको दिनको प्रयोग गर्दै राजनीतिक हमला सुरु गरेका हुन् । रिपब्लिकनहरूको नेतृत्वमा रहेको हाउस अफ रिप्रेजेन्टेटिभ्सका तीन शक्तिशाली समितिको प्रतिवेदनमा बाइडेनमाथि उनका छोरा हन्टरको विदेशी व्यापार मामिलासँग जोडिएको भ्रष्टाचारको आरोप लगाइएको छ । बाइडेनले ‘बाइडेन परिवार र बाइडेन व्यापार सहयोगीहरूको निजी वित्तीय लाभका लागि आफ्नो सार्वजनिक पदको दुरुपयोग गरेको’ भन्ने ‘निष्कर्ष’ सहित महाअभियोग दर्ता गरिएको हो । 

यद्यपि बाइडेनले आफ्नो छोरालाई फाइदा पुर्‍याउन आफ्नो पदको प्रयोग गरेको वा हन्टरको व्यवसायमा बाइडेन संलग्न रहेको भन्ने कुनै प्रत्यक्ष प्रमाण रिपब्लिकनहरूले दिएका छैनन् । बाइडेनले पनि युक्रेन र चीनलगायत आफ्नो छोराका व्यावसायिक उद्यमहरूमा सहयोग गरेको आरोपलाई बारम्बार अस्वीकार गर्दै आएका छन् ।

त्यस्तै,  रिपब्लिकनहरुले हन्टर बाइडेनको विदेशी सम्बन्ध र अराजक निजी जीवनलाई लागुपदार्थको दुव्र्यसनीबाट सुधार भएको व्यक्तिका रूपमा प्रयोग गरेका छन् । 

प्रतिक्रिया