युक्रेनमाथि प्रहार गरेका क्षेप्यास्त्र पोल्यान्डले रोक्ने प्रयास गरेको भन्दै रुसको कडा चेतावनी

एजेन्सी । युक्रेनमाथि प्रहार गरेका क्षेप्यास्त्र पोल्यान्डले रोक्ने प्रयास गरेको भन्दै रुसले कडा चेतावनी दिएको छ । 

युक्रेनमाथि प्रहार भएका रुसी क्षेप्यास्त्र रोक्ने प्रयास गरेमा पोल्यान्डमाथि निर्णायक प्रतिक्रिया दिने रुसले चेतावनी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । रुसको विदेश मन्त्रालयको युरोपेली विभागका निर्देशक ओलेग ट्यापकिनले युक्रेनमा रुसका लामो दूरीको हतियार रोक्न पोल्यान्डले गरेको कुनै पनि प्रयासलाई पर्याप्त प्रतिक्रिया प्राप्त हुने बताएका छन् । 

ट्यापकिनले युक्रेनको पक्षमा पश्चिमी देशहरूको प्रत्यक्ष संलग्नता बढ्दै गएको भन्दै यसले गम्भीर परिणाम निम्ताउने चेतावनी समेत दिएका छन् । उनले यस विषयमा कुनै पनि पक्षसँग वार्ता नभएको स्पष्ट पार्दै रुसको धारणा पोल्यान्ड र उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) दुवैलाई थाहा भएको बताए । 

पोल्यान्डका विदेशमन्त्री राडोस्लाव सिकोर्सस्कीले यसअघि एउटा अन्तरवार्तामा युक्रेनमा रुसले हानेका क्षेप्यास्त्र खसाल्ने सम्भावनालाई विचार गरिरहेको बताएपछि रुस आक्रोशित भएको समाचारमा उल्लेख छ । 

प्रतिक्रिया